Saturday, May 19, 2012

जाँडले मात्तिएर ट्याक्सीभित्रै सहबास गर्दा बास पर्यो जेलमा I

जाँडले मात्तिएर ट्याक्सीभित्रै यौनक्रिडामा लिप्त भएकी एक बेलायती महिलाले दुबइमा जेल सजायँ पाएकी छिन् । उद्योगपति समेत रहेकी २९ वर्षकी रेबेक्का ब्लेक नामकी महिला कोनोर म्याक रेडमोन्डसँग ट्याक्सीको पछिल्लो सिटमा सार्वजनिक स्थलमै पाक्क्रिडा गरेको बेला प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु दुबैमाथि दुइवटा आरोप लागेका छन् । बिहे नगरी सार्वजनिक स्थानमै सेक्स गरेको मात्र नभइ सार्वजनिक स्थानमा मध्यपान गरको आरोप उनीहरुमाथि लगाइएको छ ।

कन्सल्टेन्टको रुपमा काम गर्ने रेबेकाले आयरल्याण्डका म्याक रेडमोन्डलाई भेटेपछि उनीहरुबीच गफगाफ चल्यो । यत्तिकैमा उनीहरु एक रेष्टुराँमा गएर मज्जाले दिनभर रक्सी खाए । नसाले लठि्ठएर उनीहरु ट्याक्सीमा चढेर घर फर्किन थालेका थिए । रक्सीले मात्तिएका ब्लेक र रेडमोन्ड ट्याक्सिभित्रै लुटपुटिन थाले । उनीहरुबीच एकाएक सम्भोग हुन थाल्यो । पछाडिको सिटमा बसेका उनीहरु पाकक्रिडामा लिप्त भएको ट्याक्सी ड्राइभरले ऐनामा देख्यो । उसलाई निकै रिस उठ्यो र त्यस्तो क्रियाकलापबारे प्रहरीलाई खबर गर्यो ।

प्रहरी त्यहाँ आइपुग्दा ती दुइ ट्याक्सीभित्रै मदहोस पारामा सेक्समा लिप्त थिए । ब्लेक नांगै थिइन् । प्रहरीले उनीहरुलाई पक्राउ गरी चौकीमा ल्याएर पाँच दिन राख्यो । उनीहरुविरुद्ध अदालतले ३ वर्षको जेल सजायँ सुनाएको छ ।साभार : अनलाइनखबर

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment