महेश भट्टकी छोरी आलिया पछिल्लो समय अर्जुन कपुरको 'लिंकअप' का कारण सञ्चारमाध्यममा छाएकी हुन्। तर उनले अर्जुन कपुर र आफूबीच कुनै लिंकअप नभएको र जे जति चर्चा भइरहेको छ त्यो सबै गलत भएको दाबी गरेकी छन्।
भिडियोहेर्न
आलियाले चलचित्र '२ स्टेट्स' मा अर्जुन कपुरसँग अभिनय गरेकी छन्। आलिया र अर्जुनबीच केही पाकिरहेको विषयमा सञ्चार माध्यममा पटकपटक चर्चा हुन थालेपछि उनले त्यसको खण्डन गरेकी हुन्।
आगामी चलचित्र 'हंपटी शर्माकी दुल्हनिया' को ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा आलियाले यस्तो खण्डन गरेकी हुन्। जुन चलचित्रमा काम गर्यो त्यही चलचित्रको अभिनेतासँग नाम जोडिएर चर्चा हुने गरेकोमा उनले आपत्ति पनि जनाएकी छन्। केही समयअघि आलिया र वरुण धवनको नाम जोडिएको थियो। एजेन्सी








0 comments:
Post a Comment