जुपिटर ओभरसिज शाखा कार्यालय घोराहीले आफन्तहरूलाई मलेसिया पठाएको र त्यहाँ भनिएजस्तो तलब पनि नपाएको बताउँदै आफन्तहरूलाई तत्काल स्वदेश फिर्ता हुनुपर्ने र बुझाइएको रकम पनि फिर्ता हुनुपर्ने माग पीडितका आफन्तहरूले गरेका छन्।
जिल्ला प्रहरी कार्यालयमा पुगेर आफन्तहरूले आफ्नो मागको सुनुवाइ गर्न नाराबाजीसमेत गरेका थिए। जुपिटर ओभरसिज शाखा कार्यालय सञ्चालक देवेन्द्र केसीले ६५ हजार मासिक तलब रहेको भन्दै प्रतिव्यक्ति २ लाख ५० हजारदेखि ३ लाखसम्म असुलेर १ सय ६ जनालाई मलेसिया पठाएको मलेसिया पुगेका एक व्यक्ति का आफन्त पुरन योगीले बताए। उनका अनुसार अघिल्लोपटक गएका १ सय ६७ जना र यो पटक गएका १०६ जनाले काम नपाइ मलेसियामै अलपत्र परेका छन्।
पीडितका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय दाङको परिसरमा नाराबाजी र छलफल गरिरहँदा जुपिटर ओभरसिजका देवेन्द्र केसी पनि सोही कार्यालयमा उपस्थित भइसकेका छन्। यद्यपि आन्दोलनकारी पक्षले प्रतिनिधिमूलक वार्ता अस्वीकार गरेकाले दुई पक्षबीच कुरा हुन नसकेको प्रहरीले जनाएको छ।
हेर्नुस
दुईपक्षबीच छलफल गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मलेसिया पुगेका घोराही निवासी माधव केसीले आफूहरूलाई श्रम मन्त्रालयबाट सम्पर्क गरिएको टेलिफोनमा जानकारी दिँदै आफूहरूलाई अलपत्र परेका सबैको नाम, पासपोर्ट नम्बर पठाइदिन भनिएको बताए।
करिब ८/९ महिनाको प्रयासपछि सञ्चालक केसीले वैशाख १२ गते मलेसियाको एपेक्स इनर्जी कम्पनीमा लगाइदिने भन्दै उडाएको तर अहिले आफ्नो श्रीमान केशव योगी मलेसियामा अलपत्र परेको घोराहीकी शशि योगीले बताइन्। विदेश गएको एक महिनामै भिसाको म्याद सकिएपछि एक महिनादेखि मलेसियाको सावा भन्ने स्थानमा बन्धकका रुपमा श्रीमानले दिन बिताइरहनु भएको छ, शशिले भनिन्।
मलेसिया पुगेको १ महिनामै भिसाको म्याद सकिएको र टुरिष्ट भिसामा उनीहरूलाई लगिएको रहस्य खुलेको शशिको भनाइ छ।
यसअघि पीडितका आफन्तहरूले घोराही नगरपालिका- ११ स्थित जुपिटर ओभरसिजको शाखा कार्यालय रहेको घरमा तोडफोड गरेका थिए। आफन्तहरूले जुपिटर ओभरसिजका सञ्चालक देवेन्द्र केसीसँग आफन्तहरूलाई र पैसा फिर्ता माग गर्दा नमानेपछि आक्रोशित भएका आफन्तहरूले शाखा कार्यालयमा बुधबार तोडफोड पनि गरेका थिए। via annapurna post








0 comments:
Post a Comment