बागलुङको पनि विशेषगरी गलकोट क्षेत्रका युवाहरूले यसको अगुवाइ गरिरहेका छन् । नेपाली संस्कृतिको संरक्षणसँगै विदेशीहरूमाझ नेपाली कला र संस्कृतिको पहिचान गराउन यस्तो प्रयास थालिएको जापानमा कार्यरत बागलुङ हरिचौरका रामकृष्ण बम मल्लले बताए ।
जापानका मुख्य सहरहरूमा रहेका नेपालीहरूलाई सांस्कृतिक अभियानमा जोड्ने लक्ष्य रहेको मल्लको भनाइ छ ।
उनीहरुले जापानी पर्वहरूमा समेत नेपाली कला र संस्कृतिको प्रस्तुति राख्ने गरेका छन् । जापानको टोकियो, नागोया, सिकागोलगायतका ठूला सहरमा नेपाली समुदायले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा नौमती र भजनको प्रस्तुति राख्ने गरिएको जापानबाट देवेन्द्र थापाले जानकारी दिए ।








0 comments:
Post a Comment