Tuesday, June 17, 2014

प्रहरी द्धारा डेढ हजारलिटर मदिरानष्ट, एकजना पक्राउ

संजय मिश्रा रौतहट, असार ३–जिल्लाप्रहरी कार्यालय रौतहटको गस्तीटोलीले छुटा छुटै दुइस्थानमा रहेको अबैध रक्सीभट्टीमा छापामारी डेढहजार लिटर मदिरा तथा मदिराजन्य पदार्थ नष्ट गर्नुृका साथै संलग्न एकजना मानिसलाइ पक्राउ गरेको छ ।

प्रहरी निरिक्षक रिपेन्द्र सिंहको नेतृत्वमा बिषेश सुचनाको आधारमा आजबिहान गएकाटोलीले गौर नगरपालिका १० स्थित रहेको अबैध रक्सीभटीमा छापामारी एकहजार ६सय लिटर कच्चा पदार्थ र दुइसय लिटर तयारी रक्सी नष्ट गरेको हो ।

रक्सी उत्पादन तथा ब्यवस्थापन मा प्रयोगहुने ड्म नौथान,मेशिन २ थान,साइकल १ र हैण्डपाइप १ थान बरामद गरेको छ ।

 अबैधरक्सीको उत्पादन तथा कारोबार सञ्चालनमा संलग्न रहेको आरोपमा लक्षमिपुर बेलबिछवाका बलिराम चौधरीलाइ पक्राउ गरीएको प्रहरी प्रवक्ता एवं डिएस्पी भिम ढकालले बताएका छन ।

पक्राउ चौधरी र बरामद सामान नियन्त्रणमा रही आवशयक अनुसंधान भइरहेको जिल्लाप्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले अबैधभटी नियनत्रणको कार्यमा तिब्रता ल्याएको छ। प्रहरीटोलीले गत आइतवार पनी बिभिन्न स्थानमा रहेको भटीमा छापामारी चारहजार लिटर भन्दा बढी रक्सीजन्य पदार्थ नष्ट गरेको थियो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment