Tuesday, June 17, 2014

एआइजी बढुवाको बाटो खुला

एआइजी बढुवाको बाटो खुला, अन्तरिम आदेश खारेज

काठमाडौं ३ असार, । पुनरावेदन अदालत पाटनले नेपाल प्रहरीको एआइजी बढुवाका लागि बाटो खुला गरेको छ । मंगलबार न्यायाधीश द्वारिकामान जोशी र डम्बरबहादुर साहीको इजलासले बढुवा सिफारिस कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको हो ।

सिफारिसविरुद्ध पुनरावलोकन समितिमा दिएको निवेदनको सुनुवाइ हुन बाँकी रहेको र अन्तरिम आदेश जारी नगर्दा अपुरणीय क्षति हुन नदेखिएको भन्दै इजलासले सुविधा र सन्तुलनको दृष्टिले अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला सुनाएको हो ।

बढुवा सिफारिसमा नपरेका डीआइजी पर्शुराम खत्रीले दायर गरेको रिटमा न्यायाधीश रामेश्वरनाथ अमात्यको इजलासले जेठ २६ गते मुद्दाको टुङ्गो नलागेसम्म सिफारिस कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर, अन्तरिम आदेश खारेजको माग गर्दै सिफारिसमा परेका डीआइजीहरुले पुनरावेदन अदालतमा (भ्याकेन्ट) निवेदन दिएका थिए ।

बढुवा सिफारिस समितिले राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबहादुर श्रेष्ठ, रमेशशेखर बज्राचार्व र केदार साउदलाई सिफारिस गरेको छ ।

बढुवाका लागि डीआइजीहरु ब्रिफकेस लिएर नेताको घर धाइरहेको बताएपछि काठमाडौं प्रहरी प्रमुख रमेश खरेल विवादमा तानिए । प्रहरी प्रधान कार्यालयले कारबाहीको तयारी गरेपनि निर्वाचन आयोगले सहमति नदिएपछि उनी विदामा बसेका छन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment