निःशुल्क रुपमा युनिक कम्युनिकेसन सर्भिसेस बागबजारले उक्त भोटिङ गर्ने सेवा जुन २१ सम्म सञ्चालन गर्ने भएको छ।
४० हजार प्रतिस्पर्धीलाई जितेर फाइनल चरणसम्म पुग्न सफल तेरीयाको नाचलाई जज र ग्रान्ड मास्टर मिथुन चर्कवर्तीले पनि उत्तिकै मन पराउछन्। अचम्म के भने प्रशान्त तामाङ्गले जितेको इन्डियन आइडियलको सिजन तीन नै थियो भने तेरियाले प्रतिस्पर्धा गरेको डिआइडी लिटिल मास्टर्स पनि सिजन तीन नै हो।
युनिक कम्युनिकेशनका संचालक रुद्रदेव पाण्डेले भने, 'बिना शुल्क उक्त क्याम्प सञ्चालनमा ल्याएका हुन्। नेपाली चेलीले फाइनलसम्म पुगी नेपालीको सिरलाई उचो पार्दै छिन् भने हामीसँग रहेको प्रविधि र म्यानपावरलाई निःशुल्क प्रयोग गर्दा के फरक पर्छ र।'
प्रतिभा र क्षमतालाई जात धर्म भाषा तथा कुनै पनि देशको भौगोलिक सिमाले छेक्न सक्दैन। यो तथ्यलाई प्रमाणित गरेकी छिन्, रुपन्देही रुद्रपुर नेपालकी तेरिया फौजा मगरले।
रुद्रपुरकी ११ वर्षीया बालिका तेरियाले भारतको जिटिभीबाट प्रशारण भइरहेको रियालिटी शो डान्स इन्डिया डान्स, (डिआईडी, लिटिल मास्टर्स–३) को उपाधि नजिक पुगेकी छन्।
शनिबार राति भएको प्रतियोगितामा उनी अन्तिम चारमा पर्दै आगामी शनिबार हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछिन्।
अडिसन राउन्ड देखी नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी तेरियाले निर्णायक मन्डलका गीता कपुर र अह्मद खानका साथै भारतीय फिल्मका चर्चित अभिनेता तथा कार्यक्रमका ग्रान्ड मास्टर मिथुन चक्रवर्टिबाट पनि वाह वाही पाउँदै आएकी छन। अभिनेता मिथुन चक्रवर्तीले तेरियालाई नेपाली रानीको संज्ञाको दिएका छन् ।
उनले गरेको उत्कृष्ट नृत्य तथा उनको नृत्यमा दुबेर गरिने हाउ भाउ पनि उत्तिकै प्रशंसनीय छ।
११ वर्षीया तेरिया १४ वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै टप फोर (फाइनलमा) आइपुगेकी हुन्।
मुम्बईमा भएका ३ वटा अडिसन, नयाँदिल्लीमा भएको टेलिभिजन अडिसनमा १ सय २ जना, कोरियोग्राफ राउन्डमा ३६ जना, मेगा राउन्डमा उत्कृष्ट १६ जनामा छनौट हुँदै अन्तिम १० हुँदै फाइनलमा प्रवेश गरेकी हुन्।
बुटवलस्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। उनकी आम सोही विद्यालयमा क्यान्टिन सञ्चालन गर्छिन्। बुबा भने रोजगारीका लागि दुवईमा छन्।
डिआइडीमा तेरियालाई विजेता बनाउन नेपालीहरुले विभिन्न माध्यमबाट भोटिङ गरिरहेका छन्। प्रतियोगितामा सबै भन्दा बढी मत प्राप्त गर्ने प्रतियोगीनै उत्कृष्ट हुनेछन्।
प्रतियोगितामा विजयी हुनेले ५० लाख भारतीय रुपैयाँसहित अन्य थुप्रै पुरस्कार प्राप्त गर्ने छन् । भारतका अन्य प्रतियोगितामा कयौं नेपाली भाषीले सफलता प्राप्त गरेको भएपनि नेपालमै जन्मिएर डिआडी लिटिल मास्टर्समा सफल हुने तेरिया पहिलो नेपाली हुन्।
उनले केही दिन अगाडि बुटवलमा आएर सार्वजनिक कार्यक्रममार्फत् आफूलाई भोट गर्न अनुरोध गरेकी थिइन्।
हिजोदेखि खुल्ला गरिएको भोटिङ आउँदो शनिबार राति ९:१५ सम्म तेरियालाई इन्टरनेट वा फोनको प्रयोगबाट गर्न सकिन्छ।
इन्टरनेटमार्फत् संसारभरिबाटै भोट गर्न सकिन्छ भने फोनबाट भारतीय टेलिफोनको प्रयोगले मात्र भोटिङ सम्भव हुन्छ।
सन् २००७ को तेस्रो इन्डियन आइडल बन्न सफल नेपालीभाषी प्रशान्त तामाङ पनि नेपालीको अत्याधिक भोटकै कारण विजयी भएका थिए।
तेरियालाई विजयी बनाउनका लागि यहाँ क्लिक गर्नुहोस् अनि आफ्नो नाम फोन नम्बर र इमेल राखेर भेरिफिकेसन कोड हालेर भोट गर्नुहोस्।








0 comments:
Post a Comment