इजरायलको नाजरेतमा कार्यरत एक नेपाली महिलाको मृत्यु
एनआई न्यूज इजरायल- वैदेशिक रोजगारीको सिलशिलामा करिव ८ बर्ष अघि इजरायल प्रवेश गरेकी अन्दाजी ४२ वर्षिया कुसुम लामाको इजरायलको नाजरेतमा सामान वोक्ने ट्रकको ठक्करवाट मृत्यू भएको खवर प्राप्त भएको छ ।आज दिउसो करिव ३:३० वजेतिर अपार्टवाट आफ्नो सरसामान लिएर काममा फर्किने क्रममा नाजरेतको अवखुद्रा भन्ने ठाँउमा घटना घटेको सोही इलाकामा कार्यरत श्याम थापाले नेपाल इजरायल डट नेटलाई जानकारी दिनुभएको छ ।
अहिले लामाको शव इजरायलको नाजरेत स्थित इतल्की हस्पिटलमा राखिएको छ भने ठक्कर दिने ट्रक ड्राईभरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । विवाहित लामाको दुईवटा छोराहरू छन् भने हाल काठमाण्डौको जोरपाटीमा नयाँ घर वनाउदै गरेको निजसंग निकट रहेका साथीहरूले जनाएका छन् । दुखद समाचार सुनेलगत्तै सो क्षेत्रमा कार्यरत १२,१३ जना नेपालीहरू शव राखेको हस्पिटल पुगेका छन् ।
कृपया हाम्रो यस मिडियामा प्रकाशित कुनै पनि समाचार, लेख रचना वा अन्य कुनै सामाग्री फेसवुक, ट्विटर अथवा व्लग, वेबसाइटमा राख्नु परे हाम्रो श्रोत खुलाउन नविर्सिनु होला । धन्यवाद
- See more at: http://bit.ly/1ysQqH9








0 comments:
Post a Comment