Tuesday, June 17, 2014

केटी जिस्काउने पक्षमा उत्रिएका विद्यार्थी र प्रहरी बीच झडप

३ असार, पोखरा । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, लामाचौरमा आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । झडपमा परी नेवि संघ क्याम्पस इकाई सभापति पवनबाबु बाँस्तोलासहित ५ जना विद्यार्थी सामान्य घाइते भएका छन् ।

केटी जिस्क्याएको विषयलाई लिएर क्याम्पस प्रशासनले विद्यार्थीहरूलाई कारबाही गर्न लागेको भन्दै नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरू आन्दोलित भएका छन् ।आइतबार क्याम्पस प्रमुख नारायणप्रसाद गौतमसहितका कर्मचारीहरुलाई ७ घण्टा कार्यकक्षमै थुनेका उनीहरूले प्रशासनका ताला लगाएका छन् ।

तर, एमाले, एमाओवादी, नेकपा-माओवादीसहितका दल समिर्थत विद्यार्थी सगठनहरूले भने छिटो समस्या समाधान गर्न माग गर्दै विरोधमा उत्रिएका छन् ।

बुधबार साँझ छात्रावासमा बसेकी युवतीलाई क्याम्पसकै छात्रहरुले जिस्क्याएको भन्दै क्याम्पस प्रशासनमा उजुरी परेपछि विवाद सुरू भएको थियो ।

क्याम्पसले बनाएको छानबिन समितिले नेविसंघ ईन्जिनियरिङ क्याम्पस इकाई समितिका सभापति पवनबाबु बाँस्तोलासहित १६ जनालाई कारबाहीको सिफारिस गरेको थियो ।तर, अधिकांश निर्दोष रहेका नेविसंघको दावी छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment