Tuesday, June 17, 2014

डिभी-पीआर भएका चार सय कर्मचारीको सूची तयार - मन्त्री पण्डित

३ असार, विराटनगर । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डिभी परेका र पिआर लिएका करिब चारसय कर्मचारीको सूची तयार भएको बताएका छन् । असोजसम्म निजामती कर्मचारी चौथो संशोधन सदनबाट पारित हुने भएपछि कारबाही गरिने उनले बताए ।
मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले ऐन आएलगत्तै सूचना एवम् जानकारीका आधार तीन दिनभित्र कारबाही गर्ने बताए । यही वर्ष अर्को एक अन्य ऐनबाट सेना, प्रहरी, शिक्षक, चिकित्सकलगायतका नेपाल सरकारबाट तलब भुक्तानी लिने राष्ट्रसेवक कर्मचारीहरु आफ्नो क्षेत्रबाहेक अन्य लाभदायी क्षेत्रमा कार्य गरेको पाइए कारबाही गरिने उनले बताए ।

मन्त्री पण्डितले पिआर र डिभी लिएका निजामती कर्मचारीलाई जोगाउन आर्थिक सङ्कलन गरेको भन्ने आफूमाथिको आरोप पूर्ण रुपमा गलत भएको बताए । प्रमाण देखाए जस्तोसुकै सजाय भोग्न तयार रहेको उनले बताएका छन् ।
एमालेको महाधिवेशनका लागि आफूले कोही कसैसँग चन्दा सङ्कलन नगरेको प्रष्ट पार्दै मन्त्री पदबाट आउने पारिश्रमिकबाटै अधिवेशनका लागि चन्दा दिने बताए । रासस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment