जिल्ला वन कार्यालय ललितपुरले कलंकीदेखि कोटेश्वरसम्म सडकका दायाँबायाँका रूख काट्ने अनुमति दिएको थियो। चिनियाँ सहयोगमा सडक विस्तारको योजना बनाउँदा नै ती रूख नकाटी काम गर्ने बारेमा कसैले ध्यान दिएन। जनस्तरबाट समेत तीव्र विरोध भएपछि सडक विस्तारसँगै हरियाली बिस्तार गर्दै जाने तयारी सरकारले गरेको छ।
रूख जोगाउँदै दायाँबायाँबाट बाटो बनाएका धेरै अन्तर्राष्ट्रिय अभ्यास छन्। तर सरकारले भने चक्रपथवरपर रहेका रूखका हाँगासमेत काट्ने योजना बनाइरहेको छ। काठमाडौं चक्रपथ सुधार योजनाका प्रमुख अशोक तिवारीले ठूला रूखका हाँगा छाँट्ने र नयाँ रूख रोप्ने काम सँगै सुरु गर्ने बताए। आयोजनाले सडकको बीच भागबाट दायाँबायाँ २०-२० मिटरले भेट्ने रूख काटेको हो।
काठमाडौं उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त भाइकाजी तिवारीले सडक विस्तार थाल्नुअघि रूख जोगाउने योजना नबनाएका कारण हुर्किएका धेरै रूख काट्ने अवस्था आएको बताए। सरकारले यसअघि पनि उपत्यकाको सडक विस्तारका क्रममा सयौं रूख काटेको थियो।
रूख जोगाउँदै दायाँबायाँबाट बाटो बनाएका धेरै अन्तर्राष्ट्रिय अभ्यास छन्। तर सरकारले भने चक्रपथवरपर रहेका रूखका हाँगासमेत काट्ने योजना बनाइरहेको छ।
प्राधिकरणले माइतीघर-तीनकुने सडक खण्डमा भने ६ फिटभन्दा अग्ला सात सय रूख रोप्न बिरुवा खरिद गरिसकेको छ। सडकविज्ञ, वनस्पतिविद् तथा इन्जिनियरको संयुक्त टोलीले तयार पारेको डिजाइनअनुसार बुधबार रूख रोप्ने काम सुरु हुँदैछ। तिवारीले सार्क सम्मेलनअघि नै माइतीघर-तीनकुने सडक खण्ड हरियो बनाइसक्ने बताए।
पहिलो चरणमा माइतीघर मण्डलादेखि बबरमहलसम्म र क्रमश: तीनकुनेसम्म रूख रोप्ने तयारी प्राधिकरणको छ। सधैं हरियो रहने र सौन्दर्य बढाउने खालका मसिने खपटे, नेपाली दालचिनी, पुवांले, आरूफूल, चाइनिज कल्की, फिरफिरेलगायतक बिरुवा साढे तीन लाख रुपैयाँमा खरिद गरिएको हो। 'दुईदुई मिटरमा ठूला रूख, बीचमा अग्लो नहुने र सधै हरियो रहने बिरुवा रोपिन्छ', तिवारीले भने। बीचमा सेतो कनिके, आजेलिया र नीलकाँडाजस्ता बिरुवा रोपिनेछ।
सडक किनारामा बारका रूपमा पहेंलो नीलकाँडा, कामिनीजस्ता बिरुवा रोपिनेछ। पैदल यात्रु र साइकल चल्ने बाटोको बीचमा रोप्न करवीर, असारे, चिनियाँ गुराँसजस्ता बिरु वा खरिद गरिएको छ।








0 comments:
Post a Comment