विश्वकी वर्ष महिला भन्ने शीर्षकमा फेसबुकमा बुर्का लगाएकी सुकीको तस्वीर पोष्ट भएपछि धेरैले अचम्म माने । तर यो तस्वीरले स्वयं सुकीलाई भन्दा बर्मा सरकारका एक मन्त्रीलाई लज्जित बनायो । श्रीमतीले शेयर गरेको सुकीको त्यो फोटोका कारण फेसबुक मन्त्रीले माफी समेत माग्नुपर्यो ।
वास्तवमा त्यो तस्वीर नक्कली थियो र सुकीको सक्कली तस्वीरलाई फोटोसप गरी बुर्का लगाइदिने काम कुनै अपरिचित व्यक्तिले गरेर फेसबुकमा पोष्ट गरेका थिए । बर्माका संचार उपमन्त्री यी हटुटकी श्रीमती खिन सन्दार तुनले त्यो तस्वीरलाई आफ्नो फेसबुकमा शेयर गरिन् । साथै उनले आफ्नो फेसबुकमा यो तस्वीरसँगै विद्यालयमा इस्लाम धर्म पढाउने कुराको विरोधमा टिप्पणी पनि लेखिन् ।
मन्त्राणीको यो फेसबुके कार्यप्रति फेसबुक प्रयोगकर्ताहरुको आलोचनाको ओइरो लाग्यो । धेरैले मन्त्राणी साहेवले सुकीलाई हतियार बनाएर मुस्लिम धर्मप्रति आक्षेप लगाएको टिप्पणी गरे । फेसबुक मन्त्रीका नामले समेत चिनिने यी हटुटले आफ्नी श्रीमतीको उक्त कार्यका लागि आफ्नो फेसबुक मार्फत माफी मागे ।
उनले फेसबुकमार्फत नै प्रयोगकर्तालाई सल्लाह पनि दिए की हामीले फेसबुकमा सामाग्रीहरु लाइक तथा शेयर गर्दा निकै होसियारी अपनाउनुपर्छ भनेर । साथै उनले सुकीका समर्थकका साथै उनलाई सम्मान गर्नेप्रति माफी समेत मागेका छन् ।








0 comments:
Post a Comment