Saturday, June 7, 2014

२४ गतेबाट देशभरका ३३७ निजी अस्पताल अवैधानिक

काठमाडौं– ‘स्वास्थ्य सेवा स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसंबन्धी निर्देशिका २०७०’ अनुसार ३५ वटा अस्पतालले पुनः दर्ताका लागि निवेदन दिएका छन् ।

पुनः दर्ताका लागि भोलिसम्मको म्याद रहेकोमा देशभर रहेका ३६७ निजी अस्पतालमध्ये ३५ अस्पतालले मात्र पुनः दर्ताका लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका हुन् । निर्देशिकाअनुसार पुनः दर्ता नभए स्वतः अवैधानिक हुने प्रावधान छ ।

स्वास्थ्य मन्त्रालयले यही जेठ ८ गते दोस्रोपटक सूचना जारी गर्दै अस्पताल पुनः दर्ताका लागि १५ दिनको समय दिएको थियो ।

पुनः दर्ताका लागि निवेदन दिनेमा अनमोल अस्पताल, डा इवामुरा मेमोरियल अस्पताल, मेडिकेयर अस्पताल, हस्पिटल एण्ड रिह्याविलेसन सेन्टर, शुभेच्छा अन्तर्राष्टिय अस्पताल, शंकरापुर अस्पताल, नर्भिक अस्पताल, चरक अस्पताल, भरतपुर सामुदायिक अस्पताल, शान्ति अस्पताल, देउखुरी सामुदायीक अस्पताल, सेफर हस्पिटल, अन्नपूर्ण न्यूरो अस्पताल , लाइफकेयर अस्पताल, हाम्रो अस्पताल, ग्लोबल अस्पताल, मध्यपुर अस्पताल, मनमोहन मेमोरियल अस्पताल, स्टार हस्पिटल, नोबल अस्पताल, सेवा नसिङ होम, फेवा सिटी अस्पताल, स्तुपा नसिङ होम, विनायक अस्पताल, मेरी स्टोप सेन्टर छन् । गत वर्ष पुस ७ गते मन्त्रिपरिषद्बाट निर्णय भई नयाँ निर्देशिका लागु भएको हो ।

निर्देशिका लागु भएपनि कार्यान्वयनमा आउन नसकेको बारे अख्तियारले चासो देखाएपछि सरकार पनि कडा रुपमा प्रस्तुत हुन लागेका हो । अख्तियारले यही साता पुनः स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइ अस्पताल पुनः दर्ताबारे म्याद सकिएको २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिएको छ । अस्पताल सञ्चालकहरुले पुनः दर्ताको प्राबधान हटाई नविकरण राख्न माग गरेका छन् । तर मन्त्रालयले अख्तियारको निर्देशनबमोजिम प्रक्रिया थाल्ने भन्दै उनीहरुको आग्रह अस्विकार गर्दै आएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment