रियो दि जेनेरियो : पोर्चुगलका महत्त्वपूर्ण खेलाडी क्रिस्टियानो रोनाल्डोलाई अभ्यासबाट बाहिर राखिएको छ।
बायाँ घुँडाको शल्यक्रिया गरेका रोनाल्डो एक वर्षदेखि फिट छैनन्। तर पनि रोनाल्डोको क्रेजले पोर्चुगल टोलीको मनोबल बढ्ने भन्दै उनलाई विश्वकप टोलीमा राखिएको थियो।
पोर्चुगल टोलीका कप्तानसमेत रहेका २९ वर्षीय रोनाल्डोको घाइते भएका कारण जर्मनसँगको पहिलो खेलमा पोर्चुगलले ४-० गोलको लज्जास्पद हार खेपेको थियो।
जर्मनसँग पूरै समय खेलेका रोनाल्डोले मैदानमा त्यति फिट देखिएका थिएनन्। उनले पाएको मौकासमेत गोल गर्न सकेका थिएनन्।
जर्मनसँगको खेलमा निरास देखिएको उनी अमेरिकाविरुद्ध आइतबार हुने दोस्रो खेलमा उपस्थित नहुने सम्भावना बढेको छ।
तर टोलीका गोलरक्षक बेटोले रोनाल्डो शतप्रतिशत फिट भएकाले अमेरिकाविरुद्ध मैदानमा उत्रने दाबी गरे। 'रोनाल्डोको उपस्थितिले टोलीलाई नै ऊर्जा दिन्छ। उनी आफैं देशका लागि खेल्न तयार छन्', बेटोले भने।
घाइते रोनाल्डोलाई विश्वकप पोर्चुगलले खेलेको मैत्री खेलमा पनि टोलीमा राखिएको थिएन।
विश्वकपको समूह 'जी' मा रहेको पोर्चुगललाई अघिल्लो चरणमा पुग्न अमेरिकासँगको जित अपरिहार्य छ। समूहमा बलियो जर्मनी र अमेरिकाले एकएक खेल जितिसकेका छन्। अर्को टोली घाना पनि अमेरिकासँग पराजित भएको छ। -एजेन्सी








0 comments:
Post a Comment