जन्मिँदै यस्तो समस्या भएका जेसस जब तन्नेरी बन्दै गए जिउमा भुत्लाको मात्रा निकै बढ्यो र विस्तारै ढाक्दै गयो । अहिले उनलाई आफ्ना जिउका अस्वभाविक भुत्लाले निकै समस्या पारेको छ । सबैले उनलाई भुत्लाकै कारण घोचपेच गर्छन्, काम पाउन गाह्रो छ र मनमा शान्ति छैन ।
आफ्नो यो व्यथा उनले एक फिल्म निर्माता सामु समेत कहे । फिल्म निर्माता इभा एरिडजिसले यी ब्वाँसे युवकको व्यथालाई क्यामरामा कैद गरेकी छिन् । यो भिडियो एक चिडियाखानामा खिचिएको छ । भिडियोमा उनले आफुलाई ब्वाँसो सँग तुलना गर्दै भनेका छन्, ‘म जिउमा भुत्ला भएकै कारण मात्र ब्वाँसो जस्तै भएको हैन यिनीहरुजस्तै एक प्रकारले बन्दी जस्तै भएको छु ।’अनलाइन खबर








0 comments:
Post a Comment