बैदेशिक रोजगारको सिलसिलामा बिगत ९ बर्ष देखि इज़रायलमा कार्यरत गोर्खा जिल्ला केराबारी गाबिस नेपाने घर भएकी बिना यतिखेर इस्रेलको हिलेलयाफे होस्पितलको बेडमा अचेत छिन ।
इज़रायलमा आए देखि नै निकै अप्ठ्यारा काम परेको थियो उनलाई याब्ने, रमातगान र रमातशरोन मा पछिल्लो (अन्तिम) कामको एम्प्लोयेर परलोक भएपछी उनले पाउनु पर्ने सम्पूर्ण सुबिधा/रकम पाइसकेकी बिनाले रिलिबर काम गर्दै आएकी थिइन ।
अहिले बिना दुइ हप्ता देखि खादेरामा एकजना नेपाली महिलाले काम गर्ने घर मै रिलिबर गरिरहेकी थिइन । गत बुधबार राति अचानक पेट दुखि छटपटाएकि बिना केहि रगत छात्न पुगेपछि बलाबाइत (बोस) को छोराले खादेरा हिलेलयाफे अस्पतालमा राती २ बजे भर्ना गरेका थिए ।
बिरामीलाई प्रत्यक्ष भेट गरि फर्किनु भएका उनका केहि साथिहरुले दिएको जानकारी अनुसार बिनाको अप्रेसन भैसकेको छ । करिब ३४ बर्षकी बिना गुरुङ को नेपाल हुँदा देखि नै तल्लो पेट/पाठेघर सम्बन्धि समस्या भएको र यहाँ (इज़रायलमा) यसै सम्बन्धि अप्रेसन परेको सम्बधित स्रोतले जनायो । नारीदर्परण








0 comments:
Post a Comment