यसका लागि गुगलले आफ्ना सबै एडवर्ड पार्टनरहरुसँग सम्पर्क पनि गर्नेछ । सीएनबिसीका अनुसार गुगलले यस्ता सबै प्रचारलाई सार्वजनिक गर्न बन्द गर्नेछ जसमा यौनिक सामग्रीका साथै पोर्नोग्राफीसँग जोडिएको कुनै पनि सामग्री हुनेछ । गुगलले यसको जानकारी आफ्ना सबै विज्ञापन पार्टनरहरुलाई पनि दिइसकेको छ ।
योभन्दा पहिले गुगलले बच्चाहरुको पोर्नेग्राफीमा पनि रोक लगाइसकेको छ । यस्तै गुगल ग्लासमा पनि पोर्नसँग जोडिएको एप्लिकेसनमाथि गुगलले केहि परिमार्जन गरेको थियो । गुगलले आफ्नो खोजीमा पनि केहि परिवर्तन ल्याउँदैछ जसमा बच्चाहरुको अश्लिल तस्बिरहरु खोज्न गुगललमा निकै गाह्रो हुने बताइएको छ ।
यदि कसैलाई पोर्न सामग्री हेर्नु छ भने उनीहरुले आफ्नो सक्कली इ–मेल आइडि दिनुपर्ने हुन्छ जसमा कम उमेरका बच्चाहरुलाई यस्तो प्रकारको सामग्रीहरुबाट टाढा राख्नुपर्ने हुन्छ । (एजेन्सी)–








0 comments:
Post a Comment