Wednesday, May 9, 2012

आफनो बिरामी कुकुर हेर्न थाइल्याण्डबाट बोधगया आइन् एक युवती I

माया-प्रेमको कुनै सिमा हुँदैन भन्ने भनाई एक फेर फेरी सत्य सावित भएको छ । थाइल्याण्डको एक युवती फाथा नीकले यो कुरालाई सावित गरेकी हुन् । उनले आफ्नो बिरामी जर्मन शेफर्ड जातीको एक कुकुरको लागी बिहारको बोधगया आएकी छीन् ।

नीकले उक्त कुकुरलाई आफूसँग थाईल्याण्ड लाने तयारी गरेकी छीन् । उनले लान चाहेको कुकुरलाई उनले आफू केही महिनाअघि बोधगया आउँदा उक्त कुकुर पालेकी थिइन् । केही समय बोधगयामा बसेर फर्केपछी कुकुर बिरामी भएको थियो । कुकुरलाई जति उपचार गराउँदा पनि निको हुन सकेन ।

यो कुरा थाहा पाएकी नीक कुकुरलाई हेर्न बोधगया आएकी थिइन् र अहिले उक्त कुकुरलाई आफूसँगै थाइल्याण्ड लान चाहन्छिन् । त्यसका लागी कागजातहरु तयारी गरिरहेकी छीन् । संभवत उनी उक्त कुकुरलाई लिएर ९ मे मा थाइल्याण्ड जानेछिन् ।

नीकले बताए अनुसार उनले उक्त कुकुरसँग पहिले बिताएको पल एउटा नौलो अनुभव थियो । उनले उक्त पललाई वर्णन गर्न नसक्ने बताइन् । उनले आफ्नो बोधगया आउने कुनै योजना नभएको तर आफू उक्त कुकुरको लागी आएको बताइन् ।

Source : nepaliheadlines

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment