Monday, June 2, 2014

गरिवीले गर्दा ७ दिनकी छोरी मात्र रु १३ हजारमा बिक्री

संसारमा कहिलेकाही यस्ता दुखद घटनाहरू पनि घट्छन जसलार्इ कुनै पनि शब्दले समेट्न सक्दैन । भारतमा एक महिलाले आफ्नी सात दिनकी छोरीलाई १३ हजार रुपैयाँमा बिक्री गरेको पाइएको छ ।
पश्चिम बंगाल राज्य जलपाइगुडी जिल्लाको झुग्गी बस्तीमा बस्ने एक महिलाले गरिबीको कारण छोरी बेचेकी भारतीय समाचार संस्था आज कतले जनाएको छ ।भीख मागेर जीवन गुजारा गर्ने ती महिलाका यसअघि नै ३ जना सन्तान छन् । गरीबीका कारण उनले चौथो सन्तान सातौं दिनमा एक निसन्तान दम्पतीलाइ उनले छोरी बेचेकी हुन् ।

यो कुरा सार्वजनिक भएपछि भारतको समाज कल्याण विभागले बालिकालाइ आफ्नो संरक्षणमा ल्याएको छ । विभागले जिल्ला प्रशासनमा उजुरी गरेपनि बच्चा बेच्ने आमा र किन्ने दम्पती पक्राउ परेका छैनन् ।
विभागले अब ६० दिनसम्म आफ्नो रेखदेखमा बालिकालाइ हुर्काउने र त्यसपछि आमाले छोरी लिन नमानेमा अरु दम्पतीको जिम्मा दिने प्रक्रिया सुरु गर्ने समाचारमा उल्लेख छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment