लण्डन । नेपाली चलचित्र मिस यु लण्डनमा पहिलो पटक जुन दुइमा प्रदर्शन हुन लागेको छ । तिन जना साथीहरुको कथावस्तुलाई समेटेर नायक दिलीप रायमाझीले निर्माण गरेको चलचित्र मिस यु लण्डनस्थित फेल्थाम कम्युनीटि कलेजमा प्रदर्शन हुन लागेको हो ।
समय इन्टरटेण्टमेण्टले प्रदर्शन गर्न लागेको चलचित्र मिस युमा विशेषगरी साथीसाथी बीचमा कसरी फाटो आउन सक्छ, यसको कारण तथा वास्तविकतालाई चित्रण गरीएको निर्माण पक्षको दावी छ । विदेशमा अध्यायनका लागि गएका युवायुवतीहरु कसरी एक अर्काको प्रेममा फसेका छन, चलचित्र मिस युले राम्ररी चित्रण गरेको छ ।

केहि समयदेखि चलचित्र क्षेत्रबाट टाढीएकी चर्चित नायीका नम्रता श्रेष्ठ र नायक दिलीप रायमाझीको मुख्य भुमिका रहेको चलचित्र मिस यु मा बरुण सम्शेर राणा पनि संलग्न छन । सुरेश दर्पण पोखरेलको निर्देशनमा बनेको मिस यु को प्रदर्शनबाट उठेको रकम लर्ड बुद्ध चिल्ड्रेन हेल्थ फाउण्डेसनलाई हस्तान्तरण गरीने संयोजक निक्सन सिंह साङ्देनले बताए । सस्तोमा नेपाली फिल्म देखाउन लागेका छौं, साङ्देनले भने धेरै भन्दा धेरैको सहभागिता हुनेछ । संयोजक साङ्देनका अनुसार चलचित्र प्रदर्शनका लागि गोर्खा नेपलिज कम्युनिटि लण्डन बरो अफ हन्स्लोले सहयोग गरेको छ ।
चलचित्र प्रदर्शनमा नायक दिलिप रायमाझी र मेरी बास्यैका मुलासाग अर्थात सुरेन्द्र केसीको पनि सहभागिता हुनेछ । चलचित्र हेर्न गएका दर्शकहरुले नायक तथा हास्यव्यङ्ग्यकार संग फोटो खिच्ने तथा रमाइला गफ गर्ने मौका पाउने भएका छन ।

0 comments:
Post a Comment