Thursday, May 10, 2012

अतिचार भएपछि कारलाइ यसरि झूण्डयाइयो रुखमा I

रुखमाथी झुण्डिरहेको यो कार पोल्याण्डका २४ वर्षिय बिगन्यु फिलोको हो, तर यो कार रुखमा कसरि पुग्यो भनेर तपाई सोचिरहनु भएको हो भने ल सुन्नुस यो कारलाई उनकै छिमेकीहरुले उनी नभएको मौका क्रेनको सहायतले रुखको माथी लगेर राखिदिएका हुन्।

२४ वर्षिय फिलो कार गुडाउने होइन उडाउने गर्दथे, उनले कार चलाएको देखेर आजित भएर उनका छिमेकीहरुले यसो गरेका हुन्, ताकी २४ वर्षिय फिलोले चेतुन भनेर।

फिलोले प्रहरीलाई उजुरी गरेपछि प्रहरी आएर यो कार रुखबाट हटाइदिएको थियो र छिमेकी कसैले पनि मुख नखोलेपछि प्रहरीले पनि पत्ता लगाउन सकेन कारलाई रुखमा झु्ण्ड्याउने मान्छे।

एक छिमेकीले भने यो काम जसले गरेपनि राम्रो गरेको बताएका छन्,उनी यती खतरनाक ड्राइभर हुनकी जसलाई पनि मार्न सक्दछन-उनले तर्क दिए।

यो घटना पछि फिलो भने राम्रो तरिकाले कार चलाउने प्रतिज्ञा गरेका छन्।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment