Thursday, May 24, 2012

इजरायली मोडेलको स्तन टोकेर सर्पको मृत्यु I

हामीहरु सबैलाइ थाहा छ कि विषालु सर्पले टोक्यो भने मानिसको मृत्यु हुन्छ, सर्प कम विषालु भए मानिस घाइते हुन्छ। यद्यपि एउटा घटनामा त्यसको ठीक उल्टो भएको छ, सर्पले मानिसलाई टोक्दा मानिस होइन सर्प मरेको छ।

इजरायलकि एक सेक्सी मोडल सर्पलाई लिएर फोटोसुट गर्दै थिइन्। त्यसैबेला सर्पले मोडललाई टोक्यो, सर्पले टोकेपछि मोडलको मृत्यु भएन र उनी घाइते पनि भइनन् तर सर्प भने तत्कालै मर्‍यो ।

इजरायलकी ओरिट फक्स नामकी दोस्रो दर्जाकी मोडलले सुरुमा सर्पलाई खुट्टा, छाती तथा घाँटीमा राखेर तस्बिर खिचाएकी थिइन् । अझ सेक्सी तस्बिर खिचाउन उनले स्तनको केही भाग देखाउँदै फोटोसुट गराइन् । फोटो सुट गर्दागर्दै सर्पले ओरिटको स्तनमा टोक्यो। खासमा ती मोडलले ठूलो देखाउन स्तनको सर्जरी गराएर त्यहाँ सिलिकन भराएकी थिइन्। स्तनमा टोकेपछि सर्पलाई सिलिकन पोइजन भयो र सर्प केही समयपछि मर्‍यो ।

रातो र सेतो स्ट्रिप कपडा लगाएकी ती मोडलले स्तनको मध्यभाग देखाउँदै स्तनमा सर्पको मुख घर्षण गराएकी थिइन्। त्यसपछि उनले सर्पको टाउको आफ्नो मुखतिर देखाउँदै किस खाने अभिनय गरिन् । यही क्रममा सर्प फक्सको हातबाट फुत्कियो। सर्प फुत्किएपछि त्यसको टाउको फक्सको स्तनमा गएर जोडियो। त्यतिबेलासम्म फक्सको स्तनबाहिरको कपडा खुलै थियो।

सुरुदेखि नै विभिन्न हर्कत गरिरहेकी फक्ससँग रिसाइरहेको सर्पले उनको स्तनको मुन्टोेनजिकै गएर मुख गाड्यो। गहिरो गरी सर्पले स्तनमा दाँत गाडेपछि मोडलका सहयोगीहरू आएर सर्पलाई ताने। सर्पले टोकेपछि मोडललाई तत्कालै अस्पताल पुर्‍याइयो। मोडलको भाग्य बलियो रहेछ, उनी बाँचिन् तर मोडलको स्तन टोक्ने सर्प भने सिलिकन विषका कारण केही समयपछि मर्‍यो।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment