राष्ट्रपतिको शिक्षण अस्पतालमा डा. शशि शर्माको टिमले इन्डोस्कोपी गरेको थियो । यसैगरी पेटको सिटि स्क्यान र भिडियो एक्स–रे पनि भएको उपचारमा संलग्न डा. शर्माले जानकारी दिए । राष्ट्रपतिको मुटुको इसिजी र जनरल स्वास्थ्य परीक्षण पनि भएको छ । यस्तै, युरोलाजी परीक्षण डा. उत्तम शर्माको टिमले गरेको हो ।
डा. शशि शर्माले राष्ट्रपतिको स्वास्थ्यमा गत वर्ष देखिएको समस्याको नियमित परीक्षण भएको जानकारी दिए । ‘राष्ट्रपति स्वस्थ हुनुहुन्छ’ डा. शर्माले भने, ‘सबै रिर्पोट नर्मल रहेको छ ।’ गतवर्ष क्यान्सरको आशंकामा राष्ट्रपति उपचारका लागि जापान गएका थिए । जापानमा पेट स्क्यान गर्दा उनलाई क्यान्सर नभएको पुष्टि भएको थियो । राष्ट्रपति यादवले यसअघि पनि शिक्षण अस्पतालमा विभिन्न परीक्षण गराएका थिए ।








0 comments:
Post a Comment