Tuesday, May 22, 2012

खोटाङमा दुई महिनापछि सामुदायिक अस्पताल सञ्चालनमा आउने I

खोटाङ, जेष्ठ ९,

खोटाङको जालपामा दुई महिनापछि सामुदायिक अस्पताल सञ्चालनमा आउने भएको छ । समुदायको आर्थिक तथा भौतिक लगानीमा जालपामा जिल्लाकै पहिलो १५ शैयाको सामुदायिक अस्पताल सञ्चालनमा आउने भएको हो ।

हाल सामुदायिक अस्पताल सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको अस्पताल व्यवस्थापन समितिका संयोजक बिकास राईले बताउनुभयो । बिभिन्न रोगहरुको उपचार गर्न जिल्लाबाहिर जानुपर्दा हुने खर्च र हैरानीबाट सर्वसाधारणलाई मुक्ती दिने उद्धेश्यकासाथ जालपाली समुदाय जनसेवा अस्पताल निर्माणमा जुटेका हुन् ।

समुदायको स्वामित्व र व्यवस्थापनमा सञ्चालन हुनेगरी जालपा–३ मा सञ्चालन गर्न लागिएको अस्पतालको ३ वटा भवनको निर्माण कार्य पूरा भएको छ । गाउँमा उत्पादन भएका स्वास्थ्य क्षेत्रका जनशक्तीलाई गाउँमै फर्काएर रोजगारको अवशर सिर्जना गर्नका लागि पनि सामुदायिक अस्पताल सञ्चालनको अवधारणा अघि सारिएको संयोजक राईको भनाई छ ।

भविष्यमा सहकारीको मोडलमा क्षमता बढाएर ५० शैयाको अस्पताल बनाउने र नर्सिङ क्याम्पस सञ्चालन गर्ने लक्ष्य रहेको राईले बताउनुभयो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment