दाङ (तुलसीपुर), जेठ ९,
यहाँ दैनिक १० घन्टा लोडसेडिङ हुने गर्छ तर घोराहीस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण क्षेत्रमा मात्र मासिक पाँच लाख युनिट विद्युत् चुहावट हुने गरेको छ ।
प्राधिकरण दाङका प्रमुख गोपालबहादुर शाहले प्राविधिक र चोरीका कारण भएको चुहावटले विद्युत् प्राधिकरणलाई मासिक करिब २७ लाख २९ हजार घाटा हुने गरेको जानकारी दिनुभयो । आठ प्रतिशत प्राविधिक र तीन प्रतिशत चोरीका कारण विद्युत् चुहावट भएको जनाइएको छ । अहिले जिल्लाका डरुवा, गढवा, बेला, सिसहनिया, बेला र धर्ना गाविसमा चोरीका कारण चुहावट हुने गरेको बताइएको छ ।
चुहावट नियन्त्रण गर्नका लागि प्राधिकरणले आठ सदस्यीय नियन्त्रण समिति गठन गरी परिचालन गरेर डुरुवाका चारजना विद्युत् चोर्नेलाई कारबाही गरी तार बरामद गरिएको पनि प्रमुख शाहले जानकारी दिनुभयो । घोराही नगरपालिका सहित जिल्लाका २४ गाविसमा मात्र वितरित विद्युत् सेवा हेरिरहेको सो वितरण शाखाले अहिले मासिक शुल्क पनि कडाइका साथ उठाइरहेको छ ।
सोमबार रियल रिपोर्टर्स गु्रप दाङले विद्युत् चुहावट नियन्त्रणसम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पत्र गरेको छ । अन्तक्र्रिया कार्यक्रममा वक्ताहरूले विकल्प र दबाबको सिर्जना गरेर भए पनि लोडसेडिङ कम गराउन कार्यालयलाई आग्रह गरेका थिए ।

0 comments:
Post a Comment