Friday, May 25, 2012

बेल्जियममा खुल्ला लोक दोहोरी कार्यक्रम भब्य रुपमा सम्पन्न I

बेल्जियममा, बिष्णु सापकोटा :यूरो नेपाल कलाकार संघ बेल्जियमको आयोजनामा बेल्जियममा खुल्ला लोक दोहोरी प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ ।

गत २० मे मा भएको खुल्ला लोकदोहोरी प्रतियोगिता २०१२ भब्यरुपमा सम्पन्न भएको हो । प्रतियोगितामा प्रमुख अथिति को रुपमा नेपाली राजदुतावासका महामहिम राजदुत श्री राममणि पोख्रेल, बिषेश अथिति एन आर एन बेल्जियमकी अध्यक्ष श्रीमती जानकी गुरुङ्, एन आर एन बेल्जियमका आईसिसी सदस्य त्रय रबिन्द्रमान श्रेष्ठ, अर्जुन कुमार श्रेष्ठ, पि जी शेर्पा, एन आर एन फ्रान्सका अध्यक्ष निर्मल अर्याल,फ्रान्स बाट पाल्नु भएकी निता श्रेष्ठ, नेपाल बाट पाल्नु भएका कलाकार द्वय प्रदिप बमजम, नायिका रेजिना उप्रेती तथा बेल्जियम स्थित नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिरहेको थियो ।


कार्यक्रमलाई दुई चरणमा बिभाजित गरिए अनुसार पहिलो चरणको कार्यक्रममा प्रमुखातिथिको रुपमा रहेका महामहिम राजदूत राममणि पोख्रेल र कार्यक्रममा सभापतित्व गरिरहेका अध्यक्ष पदम गुरुङ् सयुक्त रुपमा पानसमा बत्ति बाली कार्यक्रमको बिधिवत रुपमा उद्घाटन गरिएको थियो भने कार्यक्रममा कलाकार हरुले राष्ट्रगान प्रस्तुत गरेका थिए ।

कार्यक्रको मुख्य आकर्षक रहेको खुल्ला लोक दोहोरिगीत प्रतियोगिता मा ६ वटा टीमले प्रतियोगीतामा भागलिनको लागी टिम दर्ता गराए पनि प्रतियोतामा जम्मा ४ वटा समूहले मात्र भाग लिएका थिए । जस मद्दे प्रतियोगि हरुमा बिश्व मगर संघ बेल्जियम, कला संस्कृति समुह पोर्तुगल, एन आर एन बेल्जियम, तमु समाज बेल्जियम रहेका थिए । दोहोरी प्रतियोगिता लाई लिग को आधारमा गराइएको थियो भने प्रतियोगितामा प्रथम बिश्व मगर संघका प्रतियोगिहरु अनिता राना, कुल ब। मगर, थम ब। छ्न्त्याल , दोश्रो स्थानमा कला संस्कृति समुह पोर्तुगलका प्रतियोगिहरु बिष्णु प्रसाद सुवेदी, गीता तामाङ्, कमला पुन र तेश्रो स्थानमा एन। आर। एन। बेल्जियमका प्रतियोगिहरु भुवन अछामी, आस्था हमाल, शान्ति खड्का भएका थिए ।

प्रतियोगितामा उत्कृष्ट गायिका तमु समाज बेल्जियमकी लालमति गुरुङ् भएकी थिइन । प्रतियोगितामा निर्णय तर्फ बलराम पुन, प्रदीप बमजम, यमुना रोका मगर थिए भने जुरी मा मिन गुरुङ र निर्णायक को सहयोगिमा पुर्तुगलबाट आउनु भएका भरत कुमार श्रेष्ठ रहनु भएको थियो । प्रतियोगीतामा प्रथम, द्वतिय, तृतिय लाई क्रमशस् यूरो १०००, ६०० र ३०० उत्कृष्ट लाई यूरो १०० नगद पुरस्कार, ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम हुने टीमलाई यति हाउस आन्त्रोपेन द्वारा डिनर को ब्यवस्था समेत गरेको थियो । प्रतियोगिता लाई रोमान्चकारी बनाउन कलाकार संघ का आन्त्रोप र लुभेनका प्रशिक्षार्थि द्वारा साँस्कृतिक कार्यक्रम सहित आफ्नो नाच प्रस्तुत गरेका थिए भने उक्त नाच को कोडियोग्राफर संघ का सदस्य तथा प्रशिक्षक टेक लामा र सोफिया महर्जन ले गरेका थिए। उक्त कार्यक्रमलाई प्रायोजन तर्फ एन आर् एन बेल्जियम, नेपाली ब्यवसायि संघ बेल्जियम, एन् डि एफ बेल्जिय ले क्रमशस् प्रथम, द्वतिय र तृतिय पुरस्कारको प्रायोजन गरेका थिए ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment