स्पेनलाई उपाधीको बलियो दाबेदार मानिदै आएको थियो। गत वर्ष कन्फेडेरेसन कपको फाइनलमा ब्राजिलसँग ३-० गोलले हारेदेखी विश्व फुटबलमा स्पेनको युग सकिएको विश्लेषण हुँदै आएको थियो। टिकी टाका शैलीमा स्पेनले त्यसअघि चार वर्षको अन्तरमा दुई पटक युरोकप र एकपटक विश्वकप जितेर स्वर्णीम इतिहाँस रचेको थियो। नेदरल्यान्ड्ससँगको फराकिलो हारपछि अहिले स्पेनको तिव्र आलोचना भइरहेको छ। यसो हुनु पछाडी थुप्रै कारण छन्।
- विश्वकपमा साबिक विजेता टोलीले पहिलो खेलमै कम्तीमा पाँच गोल खाएको यो पहिलो पटक हो।
- अन्तराष्ट्रिय फुटबलमा स्पेनले ५१ वर्षपछि पाँच गोल खाएको हो। यस अघि सन १९६३ मा स्पेनले स्कटल्यान्डसँग ६-२ गोलले पराजय बेहोर्नु पर्यो।
- विश्वकपमा इतिहाँसमा स्पेनले ६४ वर्षपछि यति फराकिलो हार ब्यहोरेको हो। सन १९५० मा ब्राजिलमै भएको सस्करणमा स्पेन घरेलु टोलीसँग ६-१ गोलले पराजित भएको थियो।
- सफल प्रशिक्षक भिसेन्ट डेल बोस्क्युको प्रशिक्षणमा स्पेनले सबैभन्दा फराकिलो हार ब्यहोरेको हो। सन २००८ मा बोस्क्युले टोली समालेयता स्पेन सन २०१० मा पोर्चुगलसँग खेलिएको मैत्रिपुर्ण खेलमा ४-० गोलले पराजित भएको थियो। -
जितपछाडि नेदरल्यान्ड्सका तथ्य
- नेदरल्यान्ड्सले विश्वकपमा सन १९३८ यता पहिलो खेल हारेको छैन।
- स्ट्राइकर रोबिन भान पर्सी तिन वटा विश्वकपमा गोल गर्ने नेदरल्यान्ड्सका पहिलो खेलाडी बने।
-एजेन्सीको सहयोगमा








0 comments:
Post a Comment