सू चीलाई उनको निजी सुरक्षा अधिकृतका रूपमा खटाइएकी एक सुरक्षाकर्मीले उनको शरीरमै छोएर गाडीतर्फ धकेल्दै गरेको दृश्य शुक्रबार विमानस्थलमा देखिएको थियो। सामान्यत: उच्चस्तरका यस्ता भ्रमणमा आउने व्यक्तिहरूको शरीरमै छुनुलाई उचित मानिँदैन।
यति मात्र होइन सू चीले आफ्नो स्वागतमा आएका सर्वसाधारणलाई अभिवादन गरिरहेका बेला परराष्ट्रमा शिष्टाचार अधिकारीले पनि सोही भाउभंगीमा हात हल्लाएर अभिवादन गरेको दृश्यले पनि कूटनीतिक मर्यादा उल्लंघन गरेको प्रस्टै हुन्छ।
प्राय: नेपाल भ्रमणमा आउने विदेशी पाहुना र नेपाली विशिष्ट व्यक्तिहरूका अघिपछि सुरक्षाकर्मीहरू आफैं बसिदिनाले तिनी र उच्च नेपाली नेता तथा पदाधिकारीको तस्बिर खिच्ने अवरोध हुने गर्छ। सू चीको भ्रमणका क्रममा पनि प्रधानमन्त्रीभन्दा पनि अन्य व्यक्तिहरू बीचबीचमा देखिएका छन्। सामान्य शिष्टाचार मात्र हुने हो भने तिनले परैबाट आवश्यक व्यवस्था मिलाउनुपर्ने हो।
सू चीप्रति सर्वसाधारणको ठूलो आकर्षण छ। उनी आफैं पनि सर्वसाधारणतर्फ जान लाग्दा सुरक्षाकर्मीले उनलाई त्यता जान नदिई हातैले धकेलेर गाडीमा हालेको देखिन्थ्यो।
उनीहरूलाई सकेसम्म छिटोभन्दा छिटो विशिष्ट व्यक्तिलाई गाडीमा हुल्ने हतार देखिन्छ। संसारमा यस्ता व्यक्ति आउँदा सुरक्षाकर्मीले अलि परैबाट सुरक्षा दिन्छन्। यो शिष्टता भने हाम्रा सुरक्षाकर्मी र कर्मचारीले सिकेको देखिएन।








0 comments:
Post a Comment