सो विस्फोटनमा तीन बालबालिकासहित पाँच व्यक्तिको मृत्यु भएको गृह मन्त्रायलद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । कान्दाहार प्रान्तको आर्गहिस्तान बोल्दाक सडकमा तालिवानले योजना गरेको सडक किनारमा राखिएको बममाएक सवारीसाधनसँग ठोक्किँदा एक परिवारका पाँच व्यक्तिको मृत्यु भएको बताइएको छ ।
अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले यस मानवताविहिन कार्यको कडा शब्दमा निन्दा गरेको सो मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । तालिवान आतङ्ककारी समूहले अफगान र नेटोसँगआवद्ध सैनिकलाई लक्ष्यगरी बारम्बार गृह निर्मित बमले आक्रमण गर्दैआएका छन् । यस्ता आक्रमणहरुले बारम्बार सर्वसाधारण जनताको हताहतको सङ्ख्या बढाएको छ । अफगानिस्तानमा प्रत्येक दिन हिंसा भइरहेका समाचार आइनै रहेका हन्छन् । युद्धरत यस देश अफगानिस्तानमा गत वर्षमात्र तालिवानसँग आबद्ध द्वन्द्वमा दुई हजार ९०० सर्वसाधारणको ज्यान जानुका साथै ५ हजार ७०० घाइते भएको संयुक्त राष्ट्रसंघद्धारा प्रकाशित प्रतिवेदनमा जनाइएको छ ।








0 comments:
Post a Comment