Monday, June 16, 2014

पानी परेको सबै जानकारी दिने छाता

लन्डन (एजेन्सी)–  तपाईंले कहिले यस्तो छाताको कल्पना गर्नुभएको छ जसले तपाईंलाई पानीबाट बचाउनुका साथसाथै पानीसँग जोडिएका सबै जानकारी तपाईंलाई देओस् ।

 एक डेनिस शोधकर्ताले यस्तो छाताको विकास गरेका छन् जसले पानीसँग जोडिएको सबै आँकडाहरुलाई जम्मा गर्न सक्छ । बिबिसीको एक रिपोर्टका अनुसार यो छाताले आफूमाथि परेको पानीको थोपालाई एक सेन्सरमार्फत मापन गर्ने गर्दछ र त्यसलाई ब्लूटूथ र फोनको सहायताले कम्प्युटरसम्म पुराउने गर्दछ ।

नेदरल्याण्डको डेल्फ्ट विश्वविद्यालयको रोल्फ हट भन्छन्, ‘ हामीसँग रडार र उपग्रह त छ तर हामी परेको पानीलाई मापन गर्दैनौँ, जुन हामीले गर्नुपर्छ ।’ कसरी काम गर्छ यो छाताले ? यो विशेष प्रकारको छातामा एक सेन्सर लगाइएको छ जसले परेको पानीको हरेक थोपाबाट छातामा भएको कम्पनलाई नाप्ने गर्दछ ।

ब्लूटूथको सहायताले यो मापन मोबाइलसम्म पुग्दछ र त्यहाँबाट जम्मा भएका सबै आँकडालाई एउटा ल्यापटपमा पुग्ने गर्दछ । हटका अनुसार जब पानी परेको बेलामा यो छातालाई खोलिन्छ तब यसले परेको पानीसँग सम्बन्धित सबै जानकारी तपाईंको फोनमार्फत जानकारी गराउँछ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment