भविष्यमा एअर होस्टेज बन्ने लक्ष्य लिएकी मुस्कानले प्रतियोगिताको अन्तिम चरणमा सोधिएको 'पर्यटन प्रवद्र्धनका लागि के गर्नुपर्ला?' भन्ने प्रश्नमा 'हामी प्राकृतिक सम्पदा, एेतिहासिक तथा धार्मिकस्थलका कारण सम्पन्न छौं। यसको उचित संरक्षण र प्रचार आवश्यक छ। पर्यटकको सुविधा र सहज आवागमनका लागि यातायातको सुविधासँगै पर्यटकलाई सहजीकरण गर्ने व्यावसायिक पथप्रदर्शकको व्यवस्था गरी पर्यटन प्रवद्र्धन गर्न सक्छौं' भन्ने उत्तर दिएकी थिइन्।
भर्खरै प्रवेशिका परीक्षा उत्तीर्ण उनी उच्चशिक्षा हासिल गर्ने तयारीमा छिन्। प्रतियोगितामा दिव्यान्सिका गिरी फस्ट रनरअप एवं दीपिका शाह र सिमरन विष्ट संयुक्त रूपमा सेकेन्ड रनरअप घोषित भएका थिए। दर्शक रोजाइको उपाधि श्वेता साहले पाएकी छन्।
आयोजकले शीर्ष उपाधि विजेतालाई एअर होस्टेज, प्लस टु वा अन्य कोर्सका लागि छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ। क्यानोन बेल इन्टरटेनमेन्टका अध्यक्ष दीपेश निरौलाले युवापुस्तालाई सिर्जनात्मक कार्यमा संलग्न गराउन प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।








0 comments:
Post a Comment