Tuesday, June 17, 2014

प्रेमिकामाथि चक्कु प्रहार

गोरखा : तनहुँको डुम्रेस्थित होटेलमा एक युवकको चक्कु प्रहारबाट युवक र युवती घाइते भएका छन्। सोमबार दिउँसो १२ बजे स्थानीय प्रेम होटेलमा भेट भएका बाँझाखेत २ लमजुङका २६ वर्षीय दीपक लामाले पालुङटार २ की सरिता देवकोटालाई चक्कु प्रहार गरेका थिए।
सरिताको हातमा चोट लागेको छ। युवतीलाई चक्कु हानेपछि लामा आफैंले आफ्नो पेटमा चक्कु हानेको जानकारी इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी निरीक्षक राजकुमार सिलवालले दिए।

लामाको अवस्था गम्भीर छ। उनलाई स्थानीय लक्ष्मी अस्पतालमा सामान्य उपचार गरी गण्डकी अञ्चल अस्पतालमा पठाइएको इन्स्पेक्टर सिलवालले बताए। सरिताको अवस्था सामान्य छ। उनको लक्ष्मी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

उनीहरूको प्रेमसम्बन्ध रहेको र सोही कारण झगडा भएको हुनसक्ने प्रहरीको अनुमान छ। उनीहरूले होटेलमा १५ मिनेट भेटघाट गरेका थिए। भेट भएको १५ मिनेटपछि घटना भएको होटेलवालाले बताएको जानकारी इन्स्पेक्टर सिलवालले दिए।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment