सिफारिसमा नपरेका एक डीआईजीले भने, 'प्रहरी मुख्यालय र गृहमा हामीले कार्यसम्पादन मूल्यांकनमा पाएको नम्बरको विवरण माग्यौं, दिन मिल्दैन भनेपछि आयोगमा निवेदन दिएका हौं।' नयाँ नियमावलीअनुसार महानिरीक्षकसहित सिफारिस समितिको नम्बर बढुवाका लागि निर्णायक हुन्छ। उनीहरूले सिफारिस अन्यायपूर्ण भन्दै लोकसेवा आयोगमा समेत पुनरावलोकनका लागि निवेदन दिइसकेका छन्।
बढुवा समितिले १३ डीआईजीमध्येबाट सातजनालाई यही जेठ १३ गते एआईजीमा बढुबा गर्न सिफारिस गरेको थियो।
डीआइजी गणेश राई, विश्वराजसिंह शाही, नारायण बास्ताकोटी, सुशीलवरसिंह थापा, यादवराज अधिकारीद्वारा सूचना माग्दै आयोगमा निवेदन।
सिफारिसमा नपरेका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) ले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेलले 'बढुवा चाहनेहरू सुटकेश बोकेर मन्त्री तथा पावरसेन्टरमा दौडधुप गरिरहेका छन' भन्दै एक साताअघि दिएको अभिव्यक्तिको सत्यता बाहिर ल्याउन केन्द्रीय अनुसन्धान ब्यूरोबाट छानबिन हुनुपर्ने माग गरेका छन्। ती डीआईजीहरूलेमहानिरीक्षक अर्याललाई भेटेर खरेलमाथि होइन उनले दिएको अभिव्यक्तिको वास्तविकता छानबिन गरेर सार्वजनिक गर्न माग गरेका हुन्। बढुवा सिफारिसमा नपरेका एक डिआईजीले भने,'बढुवामा पैसाको चलखेलबारे यत्रो कुरा उठेपछि त्यसको सत्यतथ्य बाहिर आउनुपर्छ।'
उनले सिफारिसमा परेकाले पैसासहितको सुटकेश मन्त्री र नेतालाई पैसा बुझाएको र सिफारिसमा नपरेकाले पैसा नबुझाएको भन्ने सन्देश बाहिर गएकाले पनि छानविन हुनुपर्ने माग आफूहरूले राखेको बताए। वढुवा सिफारिसमा नपरेका डिआईजी गणेशराज राई, विश्वराज सिंह शाही, नारायण वास्ताकोटी, यादवराज अधिकारी, शुसिलवरसिंह थापालगायतले अर्याललाई संयुक्त रुपमा भेटेका थिए।
छानविन समितीले प्रतिवेदन बुझाए पनि खरेल अभिव्यक्तिको भित्री पाटोबारे भने कुनै सोधखोज नै गरेको छैन। समितिले खरेलले गरेको भाषणको भिडियो टेप हेर्ने र उनीसँग बयान लिनेबाहेक अन्य कुरामा ध्यान दिएन। खरेलको अभिग्व्यक्तिमाथि छानवीन गर्न गठीत छानविन समिति नै विवादास्पद थियो। डिआईजी विज्ञानराज शर्मा छानविन समितिका संयोजक हुन्। उनी आफैं बढुवाका लागि सिफारिस भएका व्यक्ति हुन्।
खरेलका अभिव्यक्तिलाई लिएर संसदमा समेत कुरा उठ्यो। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहलले त संसदमै वढुवा सिफारिसमा पैसाको लेनदेन भएकोबारे छानविन हुनुपर्ने माग प्रधानमन्त्री समक्ष राखिसकेका छन्। एमाओवादीकै वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ट्वीटमा लेखे, ' प्रहरीको एआईजी बढुवामा आर्थिक चलखेल भएको भरपर्दो सुत्रबाट थाहा भएको छ। यसबारे भेद खोल्न ईमान्दार अफिसरलाई कार्वाही गर्नु ठीक भएन।'








0 comments:
Post a Comment