Wednesday, June 11, 2014

ऋतिकका कारण कट्रिना र रणवीरविच झगडा

केही समयअघि ऋतिक र कट्रिनाको निकटताले बलिउड बजारलाई गर्माएको थियो ।  पत्नी सुजनसँग डिभोर्स पश्चात नायक ऋतिक रोशन एक्लै छन् ।

यसकारण पनि उनको नाम विभिन्न नायिकासँग जोडिएर आइरहेको छ । यतिबेला यस्तै अर्को एक खबर पनि सार्वजनिक भएको छ, जसले तपाइलाई अचम्ममा पारिदिन सक्छ । चलचित्र ‘जग्गा जासुुस’को छायांकन स्थलमा नायक रणवीर कपुर उनकी प्रेमिका नायिका कट्रिना कैफविच झगडा भएको खबर बाहिरिएको छ । यसको कारण नायक ऋतिक रोशनलाई मानिएको छ ।


 चलचित्रमा समावेश एक स्टन्ट दृश्यमा कट्रिनाले रणवीरको खिल्ली उडाएपछि झगडा सुरु भएको हो । रणवीरले गरेको एक स्टन्टलाई कैफले ऋतिकको नक्कल भनेपछि यस्तो अवस्था आएको हो । कट्रिनाले रणवीरले गरेको स्टन्ट ऋतिक रोशनले पहिले नै गरिसकेको बताउँदै यसलाई नक्कल भनेकी थिइन् ।

यसपश्चात रणवीर एक्कासी रिसले आगो भएका थिए । आखिर ऋतिकसँग जोडिएर कट्रिनाले किन रणवीरको खिल्ली उडाइन् त ? के ऋतिक र कैफ निकट भएकै हुन् या रणवीरले डाहा मात्र गरेका हुन्, बलिउड बजारमा यस्तै प्रश्न सोझिएका छन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment