समाचार अनुसार हुनान प्रान्तस्थित चेंग्शा शहरमा रहेको जुजिझोउ पार्कमा ५ सय ५ जना महिलाले आइतबार सामूहिक व्यायाम तथा योगा गरेका हुन् । ती महिलाहरुले ३७ मिनेट २८ सेकेण्ड सम्म सँगै योगासनको अभ्यास गरेको बताइएको छ । वैजनी रंगको पहिरनमा रहेका गर्भवती महिलाहरुको पेटमा १२ हप्ता वा सो भन्दा माथिको गर्भ छ ।
गिनिज वल्र्ड रेकर्डस्का अधिकारीहरुले उक्त सामूहिक योगको आफैले अवलोकन गरी प्रमाणपत्र समेत प्रदान गरे । स्मरण रहोस् गर्भवतीको सामूहिक योगाभ्यासको विश्वरेकर्ड यसअघि पनि चीनकै नाममा थियो । चीनको ग्वांगडुङ प्रान्तमा सन् २०१३ मा ४२३ जना गर्भवति महिलाले सामूहिक योगाभ्यास गरेका थिए । Watch Video Here








0 comments:
Post a Comment