विश्व नम्बर एक समेत रहेको स्पेनले लगातार दोस्रो हार भोगेको हो। पहिलो खेलमा स्पेन साबिक उपविजेता नेदरल्यान्ड्ससँग ५-१ गोलले पराजित भएको थियो। अब उसले अस्ट्रेलियासँग खेल्ने छ।
चिलीविरुद्व जित्नैपर्ने दबाबमा रहेको स्पेन पहिलो हाफमा २-० गोलले पछाडी परेको थियो। चिलीको जितमा एडुआर्डो भर्गास र चार्ल्स आरन्गुइजले गोल गरे। भगार्सले २० औं मिनेटमा अग्रता दिलाएको खेलमा आरन्गुइजले ४३ औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाएका थिए।
स्पेनले पछिल्ला केही वर्ष विश्व फुटबलमा दबदबापुर्ण प्रदर्शन गरिरहेको थियो। पछिल्ला छ वर्षमा स्पेन दुई पटक युरोकप, एक पटक विश्वकप विजेता बन्यो भने एक पटक अन्तरमहादेशिय प्रतियोगिता कन्फेडेरेसन कपको फाइनल पुगेको थियो। यही नतिजाका कारण जारी विश्वकपमा स्पेनलाई उपाधी दाबेदारका रुपमा हेरिएको थियो। तर स्पेनको 'टिकी टाका' शैली यस पटक पुर्णरुपमा असफल भयो। - एजेन्सी








0 comments:
Post a Comment