Tuesday, June 17, 2014

सुपर डन हुँ भन्नेलाई हराउनैपर्छ

सुपर डन हुँ भन्नेलाई हराउनैपर्छ : माधव नेपाल
जनकपुरधाम : नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र आफूलाई सुपर डन ठान्नेहरुलाई आगामी महाधिवेशनले हराउने बताएका छन्।

 प्रेस चौतारी नेपाल धनुषाद्वारा जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता नेपालले भने, 'सुपर डन ठानेर गल्ती गर्ने व्यक्तिहरु पाखा लाग्नेछन्।'

नेता नेपालले युवा तथा पुराना पुस्ताले मलाई अध्यक्षमा उठ्न आग्रह गरेकाले आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको खुलासा गर्दै उनले लोकतन्त्रमा प्रतिस्पर्धा आवश्यक भएकाले आफू स्वस्थ प्रतिस्पर्धाको पक्षमा रहेको बताए।

उहाँले एमालेभित्र सिन्डिकेट प्रणाली हावी भएका कारण पार्टीको भविष्य चौपट हुन लागेको बताए। उनले भने, '२०३३ र २०४६ सालको पुस्तालाई पार्टीको जिम्मेवारी दिनुपर्छ भन्ने मेरो मान्यता हो र २०३६ सालको पुस्तालाई पार्टीभित्रका सबै नेताले मान्छन् भने म पनि पद छाड्न तयार छु।'

सोही अवसरमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वर्तमान सरकारले निकट भविष्यमा ल्याउन लागेको बजेटमा कृषि, ऊर्जा, पर्यटन, पूर्वाधार र मानव संसाधन विकासलाई प्राथमिकतामा राखिनुपर्छ भने। कार्यक्रम प्रेस चौतारी नेपाल धनुषाका संयोजक धर्मेन्द्रकुमार झाको सभापतित्वमा भएको थियो। रासस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment