Tuesday, June 17, 2014

बालविवाहमा बुवाविरुद्ध छोरीको उजुरी

सङ्‍खुवासभा : जिल्लाको मकालु-४ की १५ वर्षीया बालिकाले बुवा र दिदीले झुक्याएर विवाह गरिदिएको भन्दै जिल्ला प्रहरी कार्यालय खाँदबारीमा सोमबार उजरी दिएकी छिन्।
बिरामी भएपछि धामी कहाँ लाने भन्दै बुवा र दिदीले गाउँको एक घरमा लगी जबरजस्ती मदिरा पिउन लगाई विवाह गराएपछि आफू रातीनै भागेर मकालु प्रहरी चौकीमा शरण लिन पुगेको बताइन्।

प्रहरीले आरोपित बुवा,दिदी,भिनाजु,विवाहमा संलग्न युवा र एक गाउँले गरी ५ जनालाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको छ। हिमालय मावि गोलेगौरमा कक्षा-८ मा अध्यनरत बालिका बुवालाई जन्मदर्ता बनाइ दिनभन्दै आग्रह गरे पनि नदिएकाले आफू पाथीभरा गाविसको हरीप्रसाद दाहालको घरमा काम सघाउँदै विद्यालय पढ्दै आएको बताइन्।

बुवालाई जन्मदर्ता गरिदिन आग्रह गर्न घर गएको समयमा गत जेठ ३१ गते राती गाउँकै केटासँग जबरजस्ती विवाह गराइ दिएको उनले बताइन। ग्रामिण क्षेत्रको कुसंस्कारलाई चिर्नका लागि उनले गरेको साहस एकदमै ठूलो भएको महिला विकास अधिकृत प्रतिमा पन्थीले बताइन्। उनी नेपाली संस्कारको एक सफल उदाहारण बनेको भन्दै उनको रक्षाका लागि लागि पर्ने पन्थीले बताइन।

जिल्ला प्रहरी प्रमुख कमल थापाले पीडित बालिकालाई इन्सेक प्रतिनिधि लगायत मानवअधिकारकर्मीको रोहवरमा जिल्ला बालकल्याण समितिका बालअधिकृत सुमन अधिकारीलाई तत्कालका लागि खानबस्नका लागि व्यवस्था गरी दिन भन्दै जिम्मा लगाएका छन्।

बालिकाले घर जान नसक्ने अवस्थामा रहेको भन्दै हारगुहार गरे पछि उनलाई खानबस्न र पढ्नका लागि वातवरण मिलाई दिन माग गरेकी छिन्। आमा र बुवाको बिछोड भएको १६ बर्ष बिती सकेको छ।

सानै उमेरदेखि उनी आमासँग बसी कक्षा-५ सम्म अध्यन गरे पछि कक्षा-६ पढ्नका लागि उनी अर्काको घरमा बस्दै आएकी बताइन। विद्यालयले जन्मदर्ता मागेपछि मैले बुवा खोज्दै गएको हुँ बुवासँग चिनजान भएको २ बर्ष मात्र भयो उनले भनिन्।

आमाको सानोबुवा पटिका दुई भाई र एक बहिनी, जेठी आमाको एक छोरी भए पछि मलाई कसैले पनि हेरेन म आफै अर्काकोमा बसेर पढ्दै थिए तर बुवा र दिदीले मलाई बिवाह गरी दिए त्यसैले मैले उजुरी दिएकी हुँ उनले भनिन। उनी पढेर यस्ता कुसंस्कारलाई अत्य गर्न लागि पर्ने बताइन।
बालविवाहमा बुवाविरुद्ध छोरीको उजुरी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment