Saturday, June 28, 2014

विवाह अघि नै हनिमुन कटेजमा रणवीर र कट्रिना

रणवीर र कट्रिना विवाहअघि नै हनिमुन कटेजमा
मुम्बई : बलिउडका चर्चित प्रेमजोडी हुन्, रणवीर कपुर र कट्रिना कैफ। उनीहरूको प्रेम र रोमान्सले रिलमा मात्रै होइन रियल लाइफमै अनेक मोड पार गरिसकेको छ।

उनीहरूले आफ्नो प्रेमका बारेमा अहिलेसम्म खुलेर बताएका छैनन्। तापनि उनीहरूको रोमान्स छिप्न सकेको छैन। यस्तै अर्को रमाइलो संयोग उनीहरूको जीवनमा आइपरेको छ।

अनुराग बासुको निर्देशनमा दक्षिण अफ्रिकाको केपटाउन, जोहानेसवर्ग र फिक्सवर्गमा छायांकन भइरहेको चलचित्र 'जागा जासुस'को छायांकनका क्रममा उनीहरू 'हनिमुन कटेज'मा बसेका छन्। फिक्सवर्गमा रहेको उक्त होटेल नवविवाहित जोडीको हलिमुन यात्राका लागि चर्चित छ।

हनिमुन मनाउन जाने जोडी रहने यस होटेलमा विवाहअघि नै एकसाथ समय बिताएपछि रणवीर र कट्रिनाको प्रेम र रोमान्सले थप चर्चा पाएको छ। दक्षिण अफ्रिकामा रहेका बेला केपटाउन, जोहानेसवर्ग र फिक्सवर्गका कतिपय सपिङ मलमा हातमा हात समाएर घुम्दै गरेको अवस्थामा पनि उनीहरू भेटिएका थिए।

समय पाउनसाथ सँगै बिताउने गरेका रणवीर र कट्रिनाले नयाँ जीवन सुरुवातका लागि मुम्बईमा सुविधासम्पन्न फ्ल्याट खरिद गरिसकेको बताइएको छ। विवाह गर्ने मिति तय नभए पनि उनीहरूले अब सँगै बस्ने मनस्थिति बनाएको स्रोतले जनाएको छ। एजेन्सी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment