कक्षा ४ का बिद्यार्थीहरु केशब सोमै, सुदिप बस्याल, दिपक सिंजाली र उपेन्द्र कुमाल तिब्बत जाने भन्दै बिद्यालय छोडेर भागेका हुन् । उनीहरुले तानसेनमा प्रर्दशन भैरहेको नेपाली चलचित्र ‘मुनामदन’ हेरेको अभिभावकहरुले बताएका छन् । बिद्यार्थीहरुलाई बिद्यालयले नै चलचित्र देखाउन एक हप्ताअघि तानसेन ल्याएको थियो । मंगलबार बिद्यालय गएका उनीहरु १ बजेको नास्ता समयमा किताब बिद्यालय नजिकै खोल्सामा रहेको रुख मुनि लुकाएर हिडेका थिए ।
हराउने मध्ये केशब सोमैले आफ्नी बैनीलाई ३ दिन जान र ३ दिन आउन लाग्ने भनेर हिडेको बिद्यालयका प्रध्यानाध्यापक माधब पाठकले बताए । ‘नरोई बस्नु, टाढा गएर सुन ल्याइदिन्छु भनेका रैछन्, पाठकले भने । चलचित्रको प्रभाब देखिएको छ, प्रअ पाठकले भनेे ‘उनीहरुलाई केही भनेका छैनौ, कहाँ गयौ, के के भेट्यौ, कस्तो अनुभब भयो भनेर बिद्यालय आउँदा एक एक पान्ना लेखेर ल्याउँन भनेका छौ ।’
हिमाल देखिने स्थान नायरनमतलेशको बगनास डाडा पुगेको, श्रीनगर डाडा घुमेको र रात परेपछि चिलाङ्गदी नजिकै पानीको ढल काट्न प्रयोगका लागि बाटोमा राखिएको सिमेन्टको पाईप भित्र रात काटेको उनीहरुले बताएका छन् । बिद्यालयबाटै बिद्यार्थी हराएपछि प्रहरीलाई खबर गरी, स्थानिय एफएम रेडियोमा सुचना प्रसारण गरी अभिभाबक र शिक्षकहरुले रातभर उनीहरुलाई खोजेका थिए । बुधवार दिउँसो तानसेनको बर्तुङ्ग नजिकैको खरबारीमा भेटिएका उनीहरुलाई अभिभाबकहरुले फेला परेका थिए । हराएका बिधार्थीहरुले पहिल्यै योजना बनाएर बिद्यालय झोलामा चक्कु, रसीहरु राखेको बिद्यालयले बताएको छ ।








0 comments:
Post a Comment