दिनदिनै बढ्दै गएको गर्मी गएराति असहनीय रुप लिएपछि जिल्लाका विभिन्न गाउँबाट जिल्ला अस्पताल जलेश्वरमा महिला तथा पुरुष गरी ४२ जना उपचारका लागि ल्याएको अस्पतालले जनाएको छ । सबैलाई अस्पतालमा स्लाइन पानी चलाइरहेको छ ।
उपचारका लागि अस्पताल पुगेकामध्ये अधिकांश वृद्धवृद्धा रहेका छन् भने बालबालिका र वयस्कहरू पनि गर्मीबाट प्रभावित भएका छन् । गर्मीका कारण पेट दुख्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, छाला चिलाउने, बान्ता हुने र अचेत हुनेजस्ता लक्षण देखा परेको अस्पतालका चिकित्सकहरू बताउँछन् । रासस








0 comments:
Post a Comment