काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरीले चारजना भारतीय नागरिकले मलद्वारमा लुकाएर ल्याएको तीन किलो सुन बरामद गरेको छ। बिहीबार राती एक बजे एयर मलेसियाबाट काठमाडौं उत्रिएका भारत तमिलनाडुका उनीहरूलाई भन्सार कार्यालय कटेपछि प्रहरीले शंका लागेर शरीर खानतलासी गरेको थियो।

खानतलासीका क्रममा व्यवहार शंकास्पद देखाएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो। एक्स-रे गर्ने क्रममा मलद्वारमा कालो डल्लो देखिएपछि चिकित्सकले अप्रेशन गर्नुपर्ने बताएका थिए। पक्राउ परेका चारैजनाले सुन लुकाएर ल्याएको बयान दिएका थिए। विमानस्थल सुरक्षा गार्डका एसपी रामकृपाल साहका अनुसार चारै जनालाई शौच गर्न लगाएपछि सुन निस्किएको थियो। तीन किलो बरामद भएको उनले बताए।
उनीहरूलाई अनुसन्धानका लागि थुनामा राखिएको छ।
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस
0 comments:
Post a Comment