Saturday, July 5, 2014

कतार एयरवेजले यात्रुलार्इ झुक्याउदै

काठमाडौं, असार २१–  कतार एयरवेजले टिकटमा विभिन्न छुट योजना ल्याउने गरेको भए पनि त्यो सरासर झुट भएको रहष्य खुलेको छ । हालैमात्र कतार एयरवेजले नेपाली यात्रुका लागि घोषणा गरेकोृ विशेष योजना पनि यात्रु झुक्याउने नाटक मात्र भएको बुझिएको छ ।
कतारले २० जुनदेखी १ अगस्टसम्मको अवधिमा टिकट बुकीङ गरी आउँदो सेप्टेम्बर ३० सम्म उडान भर्ने यात्रुका लागि ल्याइएको विशेष योजना अनुसार बिजेता दुई जनाले लागि अमेरीकाको मियामीसम्म आरामदायी भ्रमण गर्न पाउनेछन् ।

पुरस्कार जित्नेले कतार एयरवेजको बिजनेश क्लासका दुई टिकट पाउने र जसबाट अमेरीकाको मियामीसम्म भ्रमण गरी त्यहाँ पाँच दिन बिताउन पाइने बताइएको छ । यो योजनामा सहभागी हुन यात्रुले कतार एयरवेजको कार्यालयमा टिकट बुकीङ गर्न खोज्दा भने सीट नभएको जवाफ पाउने गरेका छन् ।

उनीहरुले १ अगस्टसम्मको टिकट पुरै बुकीङ भइसकेको जवाफ पाउने गरेका छन् । सुत्रका अनुसार कतार एयरवेजका संचालकहरुले यो विशेष योजनाको बहानामा आफन्त र उच्च पदस्थ अधिकारीहरुलाई अमेरीका घुमाउने तारतम्य मिलाएको बुझिएको छ ।

कतारले यसअघि पनि छुटका नाममा झुृटको खेती गर्दै आएको थियो । गएको जनवरीमा कतार एयरवेजले अंग्रेजी नयाँ वर्ष २०१४ को अवसरमा इकोनोमी क्लास र प्रिमियम क्याबीनमा भाडामा ३० प्रतिशत छुटको घोषणा गरेको थियो ।

जनवरी २० देखी २२ सम्मको उडानमा त्यो छुटको व्यवस्था गरिएको भए पनि आम यात्रुलाई त्यो अवधिको टिकट बुकीङ नै गर्न दिइएन । १७ वर्षअघि विश्वभर आफ्नो उडान थालेको कतार एयरवेजका हाल एक सय २९ वटा जहाज छन् । विश्वका विभिन्न १ सय ३४ ठाउँमा यसको उडान सेवा छ । तर, नेपालमा यसले यात्रुमाथि उचित सेवा दिन नसकेको गुनासो बढ्दै गएको छ । खासगरी वैदेशीक रोजगारीमा जाने नेपाली दाजुभाईमाथि कतार एयरवेजले हेपाहा व्यवहार गर्ने गरेको र मापदण्ड अनुसारको खाना र अन्य सेवा दिन कन्जुस्याई गर्ने गरेको गुनासो बढ्दै गएको छ । Ratopati मा अाज छापिएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment