Thursday, July 3, 2014

सय रुपियाँको लोभले पाँच लाख गुम्यो

काठमाडौं,असार १९– सुकेधारमा बस्ने प्रितम राना टेकुस्थित इन्टरनेशनल डेभलपमेन्ट बैंकबाट पाँच लाख रुपैयाँ निकालेर सोमबार दिउँसो पार्किङ गरिएको गाडीतर्फ जाँदै थिए ।

खल्तीबाट पैसा झरेको भन्दै दुई व्यक्तिले उनलाई भुइँमा खसेको १०–२० का नोट देखाए । बैंकबाट निकालिएको पाँच लाख राखेर पैसा टिप्नतर्फ लागे पैसा टिपेर गाडीमा फर्कदा उनको पाँच लाख गायब भइसकेको थियो । भुइँमा पैसा झरेको भनेर देखाउने व्यक्तिहरु पाँच लाख लिएर टाप कसिसकेका थिए ।

खल्तीबाट सडकमा खसेको पैसा देखाउने इमानदारजस्तो नाटक गर्ने व्यक्ति नै लुटेरा निस्किए । खासमा उनीहरुले नै करिब सय रुपैयाँ भुइँमा झर्यो भनेर आफैँले राखी रानालाई टिप्न लगाएका थिए । तिनै लुटेराको जालमा रानाको पाँच लाख रुपैयाँ नाटकीय रुपमा लुटियो ।

प्रहरीका अनुसार राजधानीमा यसरी झुक्याएर नाटकीय रुपमा लुट्नेको गिरोह नै सक्रिय छ । विभिन्न बहानामा सर्बसाधारण्लाई झुक्याएर उनीहरु लुटेर भाग्ने गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment