उज्वल राज गिरी, रामेछाप, जेठ ११,
सडक उपभोक्ता समितीका पदाधिकारहिरुका लागि शुसासन तथा पारदर्शिता सम्बन्धि ३दिने तालिम रामेछापको ठोसेमा सम्पन्न भएको छ ।
सडक उपभोक्ता समितीका पदाधीकारीहरुलाई काम गर्दा थप पारदर्शिता र जवाफदेहि बनाउने उदेश्यले सञ्चालन गरिएको तालिममा शुसासन त्यसका तत्वहरु, सुचनाको हक, उपभोक्ता समिती गठन सम्बन्धि व्यवस्था,काम कर्तव्य तथा अधिकार, सार्वजनिक सुनुवाई, सार्वजनिक लेखापरिक्षण गर्ने तरीका त्यसका आवश्यकताहरु लगायतका विषयमा जानकारी गराईएको छ ।
तालिमको सहजिकरण जिल्ला सडक सहयोग कार्यक्रम रामेछापका सामाजिक परिचालन अधिकृत शारदा खतिवडा, असल शासन जिल्ला समन्वय समिती रामेछापका अध्यक्ष उमङ्ग मैनाली र पत्रकार निरज सापकोटाले गर्नु भएको छ ।
जिल्ला विकास समिति जिल्ला सडक सहयोग कार्यक्रमरामेछापले आयोजना गरेको सो तालिममा रस्नालु–धारापानी–ठोसे–सिँगटी सडक र ठोसे–शिवालय–गर्जाङ स्थानिय सडक उपभोक्ता समितीका पदाधिकारीहरुको सहभागीतारहेको छ ।
तालिमका सहभागीहरुले उपभोक्ता समिति मार्फत संचालन गरिने सार्वजनिक लेखापरीक्षणको अभ्यास समेत गरेका थिए ।

0 comments:
Post a Comment