कैलाली, जेठ ११,
कैलालीको धनगढी नगरपालिका–३, मिलनचोक घर भएकी एक महिलाले नाबालक दुई छोराछोरी विष सेवन गराई आफूले पनि विष सेवन गरेकी छन् । विष सेवनबाट दुई छोराछोरीको ज्यान गएको छ भने आमा भने बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सशस्त्र प्रहरी बल सुदूरपश्चिम बाहिनी बैद्यनाथ गण अत्तरियामा कार्यरत सई टेकराज न्यौपानेकी २४ वर्षीया पत्नी राधिकाले हिजो साँझ एक वर्षीय छोरा अभिनय र आठ वर्षीया छोरी सरिता तथा आफूले चाउचाउमा सल्फास नामक विष राखेर खाएकी हुन् ।
विष खाई बेहोस् भएका तीनै जनालाई उपचारका लागि आफन्तहरुले सेती अञ्चल अस्पताल धनगढीमा लगेका थिए । उनीहरु पुनः थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लैजाने क्रममा बीच बाटोमै नाबालक दुई अभिनय र सरिताको मृत्यु भएको कैलाली प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले बताए । बेहोस अवस्थामा रहेकी राधिकाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
हवल्दार पति अरु महिलासँग सल्केपछि तनाव
राधिकाका पति गणबाट घर बिदामा बसेको तर घरमा पनि नआएर अन्य महिलासँग रहेको थाहा पाएर उनले दुई छोराछोरी सहित आत्महत्या गर्न खोजेको प्रहरीको प्रारम्भीक अनुमान छ । पतिका कारण राधिका मानसिक तनाबमा रहेको आफन्तले जनाएका छन् ।
बिदामा रहेका टेकराजको खोजबिन भइरहेको सशस्त्र प्रहरी गण अत्तरियाले जनाएको छ ।

0 comments:
Post a Comment