काठमाडौ, जेष्ठ १२,
पाँच दिन लामो दक्षिण एसियाली यू-१४ फुटबल फेस्टिबल बुधबार सकिएको छ । एसियाली फुटबल महासंघ (एएफसी) को आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को सहआयोजनामा भएको प्रतियोगितामा नेपालसहित ५ देशले भाग दिएका थिए ।
तल्लोस्तरदेखि नै युवा प्रतिभा जन्माउने अभियान स्वरूप एएफसीले यो प्रतियोगिता गर्दै आएको छ । नेपालमा पहिलोपल्ट भएको प्रतियोगितामा नेपाल, भुटान, भारत, बंगलादेश र श्रीलंकाका किशोरहरूले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिभा देखाए । नेपाली टिमले प्रतियोगितामा राम्रो खेल खेल्यो।
नेपालले बुधबार अन्तिम खेलमा बंगलादेशलाई ३-० ले निराश पार्यो । नेपालको जितमा पहिलो हाफमा अनन्त तामाङले गोल गरे । दोस्रो हाफमा सुमन पराजुलीले पेनाल्टीमार्फत गोल गरे । अर्को गोल हेमन्त थापाको नाममा रह्यो ।
अन्य दुवै खेलमा भारतले जित निकाल्यो । उसले पहिलो खेलमा भुटानलाई ६-० र दोस्रोमा श्रीलंकालाई २-० ले हरायो । बुधबारै भएको समापन समारोहमा सबै देशका खेलाडीलाई पदक र प्रमाणपत्र दिइएको थियो ।

0 comments:
Post a Comment