रोल्पा (जुगार), जेठ ११,
बढ्दो गर्मीसँगै रोल्पाको विभिन्न स्थानमा पानीको मुहान सुक्न थालेपछि खानेपानीको अभाव हुन थालेको छ । पानीको मुहन सुक्न थालेपछि स्थानीयवासीले बस्ती नै छोड्न थालेका छन् ।
लामो खडेरीसँगै पानीको मुहान सुक्दै गएकाले स्थानीय जनता गाउँ छोडी अन्यत्र जान थालेका हुन् । मुहान सुकेपछि रोल्पा जुगार– ८ जैतेका स्थानीय बासिन्दा बस्ती छाडेर अन्यत्रै जान थालेका हुन् ।
जैतेका बासिन्दाले विगत तीन महिनादेखि खानेपानीको समस्या झेलिरहेका छन् । करिब दुई तीन घन्टा हिँडेर चोरखोलाबाट पानी ल्याउने गरेका यहाँका जनता अहिले त्यस ठाउँमा मुहान सुकेपछि गाउँ छोड्नुपर्ने बाध्य आइलागेको स्थानीय टंकबहादुर वलीले बताउनुभयो ।
गाविसको हुर्तीमा भएको खानेपानीको मुहानलाई व्यवस्थित गर्न सके पानीको समस्या टर्ने भए पनि कसैले चासो नदेखाएको स्थानीयवासी बताउँछन् ।
सो ठाउँको पानी व्यवस्थित गर्नसके जुगार– ८ जैतेका करिब २ हजास ५३० घर लाभान्वित हुने स्थानीय गणेश ओलीले जानकारी दिनुभयो ।

0 comments:
Post a Comment