Thursday, May 24, 2012

हिमपहिरोमा परेका पर्यटक सत्र दिनदेखि बेखबर I

म्याग्दी (बाबियाचौर), जेठ ११,

म्याग्दीको नारच्याङ–१ मा पर्ने अन्नपूर्ण प्रथम आरोहणका क्रममा १७ दिनअघि बेपत्ता भएका पर्यटकको अझै पत्तो लाग्न सकेको छैन ।

गत वैशाख २४ गते हिमाल आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा परी बेपत्ता भएका हङ्गेरीका ३४ वर्षीय हार्वर टिवोरको उद्धार हुन नसकेको हो ।

आठजनाको समूहमा हिमाल आरोहण गर्न गएका टिवोरका साथीहरुले बेपत्ताको खोजीका लागि अनुरोध गरेका छन् ।

बेपत्ता साथी खोज्ने प्रयास गरे पनि उनीहरु थाकेर फर्किएको प्रभा मावि नारच्याङका प्रअ तेजबहादुर गुरुङले बताउनुभयो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment