Wednesday, May 23, 2012

राजनीतिलाई समाजसेवा क्षेत्रमा रूपान्तरण I

नुवाकोट (त्रिशूली), जेठ १०,

नर्जामण्डपमा भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार सात सयभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् ।

यशोदादेवी मेमोरियल ट्रस्ट र मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको संयुक्त आयोजनामा भएको शिविरमा नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष एवं छातीरोग विशेषज्ञ डा केदानरसिंह केसीको नेतृत्वमा २५ विशेषज्ञ चिकित्सकको टोलीले हाडजोर्नी, नाक, कान, घाँटी, स्त्रीरोग, बालरोगलगायतका रोगीको परीक्षण गर्नाका साथै औषधि निःशुल्क वितरण गरेको थियो । ट्रस्टले रु पाँच लाखबराबरको औषधि निःशुल्क वितरण गरेको थियो ।

यसअघि शिविरको उद्घाटन गर्दै ट्रस्टका संरक्षक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राजनीतिलाई समाजसेवाका क्षेत्रमा समेत रूपान्तरण गर्न निमुखा र विपत्र जनताको सेवामा समर्पित रहने उद्देश्यले ट्रस्टले विशेष स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो ।

शिविरमा हाडजोर्नी, स्त्रीरोग र अर्नियाका शल्यक्रिया गर्नुपर्ने ५० भन्दा बढी बिरामीको शल्यक्रियाका लागि नेपाल मेडिकल कलेजमा पठाइने ट्रस्टले जनाएको छ । ट्रस्टले यसअघि जिल्लाका देवीघाट, बेल्कोट, समुद्रटार, मदानपुर, कुमरी र थानापति गाविसमा स्वास्थ्य शिविर आयोजना गरिसकेको ट्रस्टका अध्यक्ष डा केसीले जानकारी दिनुभयो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment